कार्यालयको परिचय

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने  ११ वटा जिल्ला मध्येको एक जिल्ला हो । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए बमोजिम भएको छ । पूर्वमा चितवन जिल्ला,  पश्चिममा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला, उत्तरमा पाल्पा र  तनहुँ जिल्ला, दक्षिणमा चितवन र भारतको विहार प्रदेशले यस जिल्लालाई सिमाङ्कन गरेको छ । १,३३१.१६ वर्ग कि.मी. क्षेत्रफल रहेको यस जिल्लाको भारतसँग जोडिएको सीमाको लम्वाई ३ कि.मी. रहेको छ जहाँ नारायणी नदि पर्दछ । भित्री मधेश अन्तर्गत पर्ने यस जिल्लाको सबै भन्दा अग्लो भू-भाग समुन्द्री सतहबाट १९३६ मिटर (देवचुली) पर्दछ । नेपालको केन्द्र भागमा रहेको, उद्योग तथा वाणिज्य क्षेत्रका लागि प्रचुर सम्भावना भएको यस जिल्लामा बसोबास गर्ने जनसंख्या ३११६०४ मध्ये महिला १६८८२५ पूरुष १४२७७९ । शहरी क्षेत्रको जनसंख्या ७०.१४% ग्रामिण क्षेत्रको ग्रामिण क्षेत्रको जनसंख्या २९.८६% र जनघनत्व २३४.०८ प्रति वर्ग कि.मि. (२०६८ सालको जनगणना अनुसार) रहेको छ ।  यस जिल्लाका मुख्य बजार केन्द्रहरु महेन्द्र राजमार्गको दायाँबायाँ कावासोती¸ गैंडाकोट¸ देवचुली तथा मध्यविन्दू नगरपालिका साथै विनयीत्रिवेणी गाउपालिकामा रहेका छन् । छिमेकी राष्ट्र भारतसँग सीमाना जोडिएको गण्डकी प्रदेशको एक मात्र जिल्ला भएकाले वस्तु वा सेवाको निकारी पैठारी लगायत उद्योग/वाणिज्य स्थापना र सञ्चालनका दृष्टिले यस जिल्लाको भुमिका महत्वपुर्ण छ । उप राज्यले गर्न नसक्ने तथा निजी क्षेत्रले नाफा देख्ने क्षेत्रहरुमा निजी क्षेत्र मार्फत वस्तु तथा सेवाको वितरण गर्ने बजार प्रणालीको अवलम्वन हाम्रो देशमा गरीएको छ । यसरी वस्तु तथा सेवाको वितरण गर्दा नागरिकको गुणस्तरीय एवं कम मूल्यमा वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार कायम हुने भएकाले उपभोक्ताको हकहित संरक्षण गर्नु राज्यको एक प्रमुख दायित्व हो । साथै राज्य समग्र व्यवस्थाको केन्द्र भएकोले राज्य बजार  माथि नियन्त्रण एवं नियमनको महत्वपुर्ण भुमिकामा रहेको छ । 

कार्यालयको परिचय जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने ११ वटा जिल्ला मध्येको एक हो । नेपालको संविधान (२०७२) को अनुसूची ४ मा  उल्लेख भए बमोजिम साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मिति २०७४।०७।१९ गते नेपालकै कान्छो जिल्लाको रुपमा स्थापित भएको हो । यसै क्रममा नयाँ जिल्लाको जिल्ला सदरमुकाममा सबै सरकारी कार्यालयहरु स्थापना हुँदै जादा घरेलु तथा साना उद्योग कार्यालय,नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को स्थापना मिति 2075/011/28 गते स्थापना भई संचालनमा आएको हो । गण्डकी प्रदेश अन्तर्गतको यस कार्यालयलाई उद्योग/वाणिज्य प्रशासन, अनुगमन/नियमन र तालिमहरु संचलन गर्ने अख्तियारी प्राप्त भए बमोजिम उद्योग, वाणिज्य तर्फको औधोगिक तथा व्यापारिक फर्महरुको नयाँ दर्ता, नविकरण, पूँजी वृद्धी, उद्देश्य परिवर्तन, ठाँउसारी, नामसारी, खारेजी गर्ने, उद्योग र वाणिज्य तर्फको अनुगमन/निरिक्षण गरी नियमन गर्ने र सिप विकास/उद्यमशिलता विकास सम्बन्धी तालिमहरु संचालन गर्ने जस्ता कार्यहरु सम्पादन गर्दै आएको छ ।