- उद्योग रहने ठाँउ/जग्गाको लालपुर्जाको फोटोकपी ।
- चालु आ.व. को तिरो तिरेको रसिद/एकिकृत सम्पती कर नगदी रसिदको प्रतिलिपी नगरपालिकाको हकमा ।
- चौतर्फी सधियाराको सहिछाँप भएको वडा सर्जमिन मुचुल्का सक्कल प्रति सहित वडा सिफारिसको ।
- नागरिकताको फोटोकपी ।
- मेसिन औजारको कोटेशन (विद्युत क्षमता, मुल्य खुलेको) ।
- परियोना विवरण (स्किम) ।
- जग्गा/घरको मंजुरीनामा/सम्झौतापत्र सक्कल (कि.नं., क्षेत्रफल, मासिक भाडा कम्तीमा तीन वर्षको अवधी राखी नेपाली कागजमा लाईसेन्सवालाबाट लेखाउने)।
- रु. १0 को टिकट टाँस गरी उद्योग दर्ताको निवेदन ।
- तीन प्रति फोटो सहित फाईल थान-1 ।
- सिफारिस आवश्यक पर्ने उद्योगको लागि सम्बन्धित निकायको सिफारीस ।
उद्योगको नविकरणका लागि आवश्यक कागजातहरु
- फर्म दर्ताको सक्कल प्रमाणपत्र ।
- रु. 10 को टिकट टाँस गरी तोकिएको ढाँचामा निवेदन ।
- करचुक्ताको प्रमाणपत्र/लेखापरीक्षण प्रतिवेदन ।
उद्योगको नामसारीको लागि आवश्यक कागजातहरु
- नामसारी गरी दिनेको राजीनामा पत्र ।
- नामसारी गरी लिनेको हस्तलिखित निवेदन ।
- करचुक्ताको प्रमाणपत्र
- नामसारी गरी लिनेको नागरिकताको फोटोकपी ।
- ३ प्रति फोटो ।
- घरेलुको दर्ता प्रमाणपत्रको सक्कल प्रति ।
उद्योगको ठाँउसारीको लागि आवश्यक पर्ने कागजातहरु
- उद्योग दर्ताको लागि आवश्यक आधारभूत कागजातहरु ।
- अनुमती लिनु पर्ने उद्योगको हकमा ठाँउसारी गर्ने स्थानको स्वीकृती ।
- IEE वा EIA गर्नु पर्ने उद्योगको हकमा IEE वा EIA स्वीकृती भए पछिमात्र ।
- एक जिल्लाबाट अर्को जिल्लामा ठाँउसारी गर्नु परेमा सम्बन्धित जिल्लाले ठाँउसारी भइ जाने (प्रस्तावित जिल्ला) को सिफारिस लिई सम्बन्धित जिल्लाले (दर्ता भइरहेको) गरिदिने ।
उद्योगको पुँजी बृद्धि गर्दा आवश्यक कागजातहरु
- पुँजी वृद्धी गर्नु पर्ने कारण सहितको रु.10 को टिकट टाँस गरेको निवेदन ।
- मेसिन औजारको कोटेशन ।
- करचुक्ता प्रमाणपत्र ।
- अनुमति लिनु पर्ने उद्योगको हकमा सम्बन्धित निकायबाट अनुमति लिनु पर्ने ।
उद्योगको उद्देश्य थप वा परिवर्तन गर्दा आवश्यक कागजातहरु
- उद्देश्य थप वा परिवर्तन गर्नु पर्ने कारण सहित उद्योगको नाम वा उद्देश्यसँग मेल खाने किसिमको उद्देश्य थप गर्न रु.10 को टिकट टाँस गरेको निवेदन ।
- करचुक्ताको प्रमाणपत्र ।
- मेसिन औजारको कोटेशन ।
उद्योगको नाम संशोधन गर्दा आवश्यक कागजातहरु
- नाम संशोधन गर्नु पर्ने कारण सहित रु.10 को टिकट टाँस गरी निवेदन ।
- करचुक्ता प्रमाणपत्र ।
- उद्योगको नाम संशोधनको लागि सम्बन्धित स्थानीय तहको सिफारिस