हाम्रा दायित्वहरु

उत्पादकको दायित्व के हो ?

  • गुणस्तरीय वस्तु तथा सेवा उत्पादन गर्ने,
  • वस्तुको लेबल निर्धारण गर्ने,
  • लेबलमा ऐनले तोके बमोजिमका कुरा उल्लेख गर्ने,
  • त्रुटिपुर्ण उत्पादन नगर्ने,
  • आफूले उत्पादन गरेको वस्तु त्रुटिपूर्ण उत्पादन भई त्यस्तो वस्तु बजारमा रहेको कुरा जानकारीमा आएमा त्यस्तो वस्तु संकलन गरी नष्ट गर्ने,
  • वस्तु वा सेवाको उत्पादनको कारण उपभोक्तालाई कुनै किसिमको क्षति भएमा सो को मनासिव क्षतिपूर्ति दिने,
  • वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन वा प्रचार प्रसार नगर्ने,
  • दुई वा दुई भन्दा बढी पदार्थको समिश्रणबाट बनेको वा उ

 बिक्रेताको दायित्व के हो ?

  • विना भेदभाव उपभोक्तालाई वस्तुको बिक्री गर्ने,
  • वस्तुको किसिम वा प्रकृति अनुसार गुणस्तरमा ह्रास नआउने गरी सुरक्षित रुपमा राख्ने र सुरक्षित रुपमा बिक्री गर्ने,
  • सर्वसाधारणले स्पष्ट रुपमा देख्ने बुझ्ने गरी वस्तुको मूल्य सूची राख्ने,
  • सम्बन्धित निकाय वा पदाधिकारीले माग गरेका बखत आफूसँग रहेको वस्तुको मौज्दात वा विवरण उपलब्ध गराउने,
  • वस्तुमा कुनै किसिमको ग्यारेन्टी वा वारेन्टीको व्यवस्था भएमा त्यसको पालना गर्ने,
  • पहिले आउने उपभोक्तालाई पहिले वस्तु बिक्री गर्ने,
  • उपभोग्य वस्तु बिक्री गरी सकेपछि त्यस्को बिल वा रसिद दिने,
  • तोकिए बमोजिम अन्य दायित्व पूरा गर्ने ।

सेवा प्रदायकको दायित्व के हो ?

  • बिना भेदभाव उपभोक्तालाई सेवा प्रदान गर्ने,
  • सर्वसाधारणले स्पष्ट रुपमा बुझ्ने गरी सबैले देख्ने ठाउँमा आफूले प्रदान गर्ने सेवाको प्रकृति र सो सेवा प्राप्त गरे बापत उपभोक्ताले तिर्नु पर्ने मूल्यको सूची राख्ने,
  • सम्बन्धित निकाय वा अधिकारीले माग गरेका बखत आफूले प्रदान गर्ने सेवासँग सम्बन्धित विवरण तथा कागजात उपलब्ध गराउने,
  • पहिले आउने उपभोक्तालाई पहिले सेवा प्रदान गर्ने,
  • उपभोक्तालाई सेवा प्रदान गरे बापतको रकम लिएपछि त्यसको बिल वा रसीद दिने,
  • तोकिए बमोजिम अन्य दायित्व पूरा गर्ने ।

उपभोक्ताको दायित्व

  • वस्तुको प्रयोग गर्दा वस्तुको उत्पादन मिति, उपभोग्य मिति, वस्तुमा मिसावट भएका पदार्थको विवरण हेरी प्रयोग गर्नु पर्ने ।
  • वस्तु खरिद गर्दा अनिवार्य रुपमा खरिद विल लिनु पर्ने ।

कसैले वस्तु वा सेवाको सम्बन्धमा गर्न नहुने अन्य कामहरु के के हुन ?

  • कच्चा पदार्थको कोटा निर्धारण गर्ने वा कुनै वस्तुको उत्पादन घटाउने वा त्यस्तै अन्य कुनै काम गर्ने,
  • कुनै वस्तु वा सेवा सञ्चित गरी वा अन्य कुनै तरिकाले कृत्रिम अभाव खडा गर्ने,
  • निर्धारित समय वा स्थानमा मात्र वस्तु वा सेवा बिक्री गर्ने वा त्यस्तै प्रकृतिका अन्य कुनै काम गर्ने,
  • जानीजानी कमसल वस्तुको उत्पादन, बिक्री वा पैठारी गर्ने,
  • कुनै वस्तु वा सेवालाई अर्काे वस्तु वा सेवा हो भनी वा न्यूनस्तरको वस्तु वा सेवालाई उच्चस्तरको वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई बिक्री गर्ने,
  • उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तु वा सेवाको उत्पादन वा बिक्री गर्ने,
  • एकै प्रकृतिका विभिन्न वस्तु उत्पादन, पैठारी वा बिक्री गर्न व्यापारी वा व्यापारिक समूहहरू मिली त्यस्तो वस्तुको अभाव सृजना गरी मूल्य तथा आपूर्ति व्यवस्थामा प्रभाव पार्ने,
  • एकै प्रकृतिको कुनै सेवा प्रदान गर्ने एकभन्दा बढी व्यापारी वा व्यापारिक समूहको मिलेमतोबाट चक्र प्रणाली, कोटा प्रणाली, आलोपालो, खेप प्रणाली वा टोकन प्रणाली अपनाई सेवा संचालन गर्ने,
  • एउटा वस्तु खरिद गर्दा अर्काे वस्तु पनि खरिद गर्नुपर्ने व्यवस्था गर्ने ।

 वस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण गर्ने कस्तो व्यवस्था रहेको छ ?

  • उपभोक्ताको अधिकार संरक्षणका लागि तोकिएको निकायले वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गर्नेछ । यसरी मापदण्ड तयार गर्दा वस्तुको उत्पादन लागत, ढुवानी खर्च, पैठारीकर्ताले कानून बमोजिम बुझाएको भन्सार, कर, दस्तुर र वस्तु बिक्री गर्दा तोकिएको प्रतिशत भन्दा बढी नहुने गरी बिक्रेताले लिन पाउने मुनाफा रकम समेतलाई आधार मान्नुपर्नेछ ।

बजार अनुगमन सम्बन्धी प्रदेश सरकारको के अधिकार छ ?

  • उपभोक्ताको हक हित संरक्षणका लागि आवश्यक व्यवस्था मिलाउन तथा वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धता सम्बन्धी बिषयमा सुपरिवेक्षण तथा अनुगमन गर्नका लागि प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश अनुगमन समिति गठन गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *