घरेलु तथा साना उद्योग कार्यालय, नवलपरासी (ब.सु.पू.) को अनुरोध

उत्पादक वर्गमा अनुरोध

१. सम्बन्धित निकायमा दर्ता गरी अनुमति लिएर मात्र कुनै पनि व्यापारिक कारोवारहरु सुरुवात गरौं ।

२. गुणस्तरीय वस्तु तथा सेवाको उत्पादन गर्ने,

३. आफुले उत्पादन गरेको वस्तु त्रुटिपुर्ण उत्पादन भई त्यस्तो वस्तु बजारमा रहेको कुरा जानकारी आएमा त्यस्तो वस्तु संकलन गरी नष्ट गर्ने,

४. वस्तुको लेबल निर्धरण गर्ने,

५. आफुले उत्पादन गर्ने वस्तुको उपयुक्त प्याकेजिङ्ग गरौं ।

६. उत्पादनको प्याकेजिङमा वस्तुको उत्पादकको नाम, उत्पादन मिति, प्रयोग गर्न सकिने अन्तिम मिति, मिश्रण गरिएका पदार्थको तौल सहितको विवरण ‍(Ingredients), अधिकतम खुद्रा मूल्य तथा कानूनले तोकेका अन्य विषयहरु प्रष्ट देखिने गरी लेवलिङ गरौं ।

७. वस्तु वा सेवाको उत्पादनको कारण उभपोक्तालाई कुनै किसिमको क्षति भएमा सोको मनासिब क्षतिपुर्ति दिने ।

८. वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन वा प्रचार प्रसार नगर्ने,

९. कुनै विक्रेताले आफ्नो उत्पादनको प्रयोग गर्न सकिने म्याद भित्र विक्री गर्ने नसकेका उत्पादनहरु फिर्ता लिई नयाँ उत्पादनले प्रतिस्थापन गर्ने पद्धति बसालौं ।

विक्रेता वर्गमा अनुरोध:

१. सम्बन्धित निकायमा दर्ता गरी अनुमिति लिएर मात्र कुनै पनि व्यापारिक कारोवारहरु सुरुवात गरौं ।

२. कारोवार स्थलमा सबैले देखिने गरी दर्ता प्रमाणपत्र, अनुमति पत्र साइनवोर्ड र मूल्यसूची अनिवार्य रुपमा राखौं ।

३. वस्तुको खरीद बिल सुरक्षित राखौं र बिक्री बिल बिजक अनिवार्य रुफमा जारी गरौं ।

४. म्याद नाघेका र टुटफूट भएका उपभोग्य वस्तुहरु छुट्टै ठाँउ (Expiry Zone) मा राख्ने र समयसमयमा यस्ता वस्तुहरु वितरक वा उत्पादक समक्ष फिर्ता गर्ने पद्धति वसालौं ।

५. उत्पादन मिति, प्रयोग गर्न सकिने अन्तिम मिति, उत्पादक, तौल, मूल्य सम्बन्धमा प्रष्ट रुपमा लेवल भएका वस्तुहरु मात्र विक्री वितरण गरौं ।

६. बिना भेदभाव उपभोक्तालाई वस्तुको विक्रि गरौं ।

७. वस्तुको किसिम वा प्रकृति अनुसार गुणस्तरमा ह्रास नआउने गरी सुरक्षित रुपमा राख्ने र बिक्रि गरौं ।

८. वस्तुमा कुनै किसिमको ग्यारेन्टि वा वारेन्टिको व्यवस्था भए त्यसको पालाना गरौं ।

९. सम्वन्धित निकाय वा पदाधिकारीले मागि गरेका बखत आफुसँग रहेको वस्तुको मौज्दात वा विवरण उपलब्ध गराऔं ।

१०. यस कार्यालयको बजार अनुगमन वा गुनासोको आधारमा हुने अनुगमन/निरीक्षणका बखत माथि उल्लेख भएका विषयहरु पालना नगरी लापरवाहीपूर्ण क्रियाकलाप गरी उपभोक्ता सम्बन्धी कानुन उल्लंघन गरेको पाइएमा प्रचलित कानून कारवाही समेत हुने व्यहोरा सूचित गरिन्छ ।

उपभोक्ता वर्गमा अनुरोध:

१. वस्तुको उत्पादन मिति, म्याद समाप्त मिति हेरेर मात्र प्रयोग गर्ने वानी बसालौं ।

२. खरिद गरेको कुनै वस्तु चित्त नबुझे फिर्ता गर्न पाउने अधिकार छ । त्यसैले वस्तुको खरिद अनिवार्य रुपमा बिल लिऔं ।

३. उपभोक्ता हितसँग सम्वन्धित कुनै विषयको हनन भएमा सम्वन्धित निकायमा उजुरी वा गुनासो गर्ने बानीको विकास गरौं ।

कसैले वस्तु वा सेवाको सम्वन्धमा गर्न नहुने अन्य कामहरु:

१. कच्चा पदार्थको कोटा निर्धारण गर्ने वा कुनै वस्तुको उत्पादन घटाउने वा त्यस्तै अन्य कुनै काम गर्ने,

२. कुनै वस्तु वा सेवा सञ्चित गरी वा अन्य कुनै तरीकाले कृत्रिम अभाव सृजना गर्ने,

३. निर्धारित समय वा स्थानमा मात्र वस्तु वा सेवा विक्रि गर्ने वा त्यस्तै प्रकृतिका अन्य कुनै काम गर्ने,

४. जानीजानी कमसल वस्तुको उत्पादन, बिक्रि वा पैठारी गर्ने,

५. कुनै वस्तु वा सेवालाई अर्को वस्तु वा सेवा हो भनी वा न्यूनस्तरको वस्तु वा सेवालाई उच्चस्तरको वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई विक्रि गर्ने,

६. उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु वा सेवाकआ उत्पादन वा बिक्रि गर्ने,

७. एकै प्रकृतिका विभिन्न वस्तु उत्पादन, पैठारी वा विक्रि गर्न व्यापारी वा व्यापारिक समुहहरु मिली त्यस्तो वस्तुको अभाव सृजना गरी मूल्य तथा आपुर्ति व्यवस्थामा प्रभाव पार्ने,

८. एकै प्रकृतिको कुनै सेवा प्रदान गर्ने एकभन्दा बढी व्यापारी वा व्यापारिक समूहको मिलेमतोबाट चक्र प्रणाली, कोटा प्रणाली, आलोपालो, खेप प्रणाली वा टोकन प्रणाली अपनाई सेव सञ्चालन गर्ने,

९. एउटा वस्तु खरिद गर्दा अर्को वस्तु पनि खरिद गर्नुपर्ने व्यवस्था गर्ने,

नोट: स्वच्छ बजार संयन्त्र विकास गर्न उत्पादक, वितरक तथा उपभोक्ता सबैले आ-आफ्नो कर्तव्यको पालना गरौं। कहिं कतै उपभोक्ता हित विरुद्ध कार्य भए गरेको देखेमा यस कार्यालयमा जानकारी गराउन वा उजुरी दिन सकिने छ ।उजुरीकर्ताको विवरण जरुरी छैन । उजुरीकर्ताको विवरण गोप्य रहने छ । असमर्थता, जानकारी, जिज्ञासा तथा सूचनाको लागि यस कार्यालयको सम्पर्क नं. ०७८-४१८१५१ मा अथवा सूचना अधिकारीको सम्पर्क नं. ९८५७०८८१५२ मा सम्पर्क गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *