हाम्रा दायित्वहरु

उत्पादकको दायित्व के हो ?

  • गुणस्तरीय वस्तु तथा सेवा उत्पादन गर्ने,
  • वस्तुको लेबल निर्धारण गर्ने,
  • लेबलमा ऐनले तोके बमोजिमका कुरा उल्लेख गर्ने,
  • त्रुटिपुर्ण उत्पादन नगर्ने,
  • आफूले उत्पादन गरेको वस्तु त्रुटिपूर्ण उत्पादन भई त्यस्तो वस्तु बजारमा रहेको कुरा जानकारीमा आएमा त्यस्तो वस्तु संकलन गरी नष्ट गर्ने,
  • वस्तु वा सेवाको उत्पादनको कारण उपभोक्तालाई कुनै किसिमको क्षति भएमा सो को मनासिव क्षतिपूर्ति दिने,
  • वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन वा प्रचार प्रसार नगर्ने,
  • दुई वा दुई भन्दा बढी पदार्थको समिश्रणबाट बनेको वा उ

 बिक्रेताको दायित्व के हो ?

  • विना भेदभाव उपभोक्तालाई वस्तुको बिक्री गर्ने,
  • वस्तुको किसिम वा प्रकृति अनुसार गुणस्तरमा ह्रास नआउने गरी सुरक्षित रुपमा राख्ने र सुरक्षित रुपमा बिक्री गर्ने,
  • सर्वसाधारणले स्पष्ट रुपमा देख्ने बुझ्ने गरी वस्तुको मूल्य सूची राख्ने,
  • सम्बन्धित निकाय वा पदाधिकारीले माग गरेका बखत आफूसँग रहेको वस्तुको मौज्दात वा विवरण उपलब्ध गराउने,
  • वस्तुमा कुनै किसिमको ग्यारेन्टी वा वारेन्टीको व्यवस्था भएमा त्यसको पालना गर्ने,
  • पहिले आउने उपभोक्तालाई पहिले वस्तु बिक्री गर्ने,
  • उपभोग्य वस्तु बिक्री गरी सकेपछि त्यस्को बिल वा रसिद दिने,
  • तोकिए बमोजिम अन्य दायित्व पूरा गर्ने ।

सेवा प्रदायकको दायित्व के हो ?

  • बिना भेदभाव उपभोक्तालाई सेवा प्रदान गर्ने,
  • सर्वसाधारणले स्पष्ट रुपमा बुझ्ने गरी सबैले देख्ने ठाउँमा आफूले प्रदान गर्ने सेवाको प्रकृति र सो सेवा प्राप्त गरे बापत उपभोक्ताले तिर्नु पर्ने मूल्यको सूची राख्ने,
  • सम्बन्धित निकाय वा अधिकारीले माग गरेका बखत आफूले प्रदान गर्ने सेवासँग सम्बन्धित विवरण तथा कागजात उपलब्ध गराउने,
  • पहिले आउने उपभोक्तालाई पहिले सेवा प्रदान गर्ने,
  • उपभोक्तालाई सेवा प्रदान गरे बापतको रकम लिएपछि त्यसको बिल वा रसीद दिने,
  • तोकिए बमोजिम अन्य दायित्व पूरा गर्ने ।

उपभोक्ताको दायित्व

  • वस्तुको प्रयोग गर्दा वस्तुको उत्पादन मिति, उपभोग्य मिति, वस्तुमा मिसावट भएका पदार्थको विवरण हेरी प्रयोग गर्नु पर्ने ।
  • वस्तु खरिद गर्दा अनिवार्य रुपमा खरिद विल लिनु पर्ने ।

कसैले वस्तु वा सेवाको सम्बन्धमा गर्न नहुने अन्य कामहरु के के हुन ?

  • कच्चा पदार्थको कोटा निर्धारण गर्ने वा कुनै वस्तुको उत्पादन घटाउने वा त्यस्तै अन्य कुनै काम गर्ने,
  • कुनै वस्तु वा सेवा सञ्चित गरी वा अन्य कुनै तरिकाले कृत्रिम अभाव खडा गर्ने,
  • निर्धारित समय वा स्थानमा मात्र वस्तु वा सेवा बिक्री गर्ने वा त्यस्तै प्रकृतिका अन्य कुनै काम गर्ने,
  • जानीजानी कमसल वस्तुको उत्पादन, बिक्री वा पैठारी गर्ने,
  • कुनै वस्तु वा सेवालाई अर्काे वस्तु वा सेवा हो भनी वा न्यूनस्तरको वस्तु वा सेवालाई उच्चस्तरको वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई बिक्री गर्ने,
  • उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तु वा सेवाको उत्पादन वा बिक्री गर्ने,
  • एकै प्रकृतिका विभिन्न वस्तु उत्पादन, पैठारी वा बिक्री गर्न व्यापारी वा व्यापारिक समूहहरू मिली त्यस्तो वस्तुको अभाव सृजना गरी मूल्य तथा आपूर्ति व्यवस्थामा प्रभाव पार्ने,
  • एकै प्रकृतिको कुनै सेवा प्रदान गर्ने एकभन्दा बढी व्यापारी वा व्यापारिक समूहको मिलेमतोबाट चक्र प्रणाली, कोटा प्रणाली, आलोपालो, खेप प्रणाली वा टोकन प्रणाली अपनाई सेवा संचालन गर्ने,
  • एउटा वस्तु खरिद गर्दा अर्काे वस्तु पनि खरिद गर्नुपर्ने व्यवस्था गर्ने ।

 वस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण गर्ने कस्तो व्यवस्था रहेको छ ?

  • उपभोक्ताको अधिकार संरक्षणका लागि तोकिएको निकायले वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गर्नेछ । यसरी मापदण्ड तयार गर्दा वस्तुको उत्पादन लागत, ढुवानी खर्च, पैठारीकर्ताले कानून बमोजिम बुझाएको भन्सार, कर, दस्तुर र वस्तु बिक्री गर्दा तोकिएको प्रतिशत भन्दा बढी नहुने गरी बिक्रेताले लिन पाउने मुनाफा रकम समेतलाई आधार मान्नुपर्नेछ ।

बजार अनुगमन सम्बन्धी प्रदेश सरकारको के अधिकार छ ?

  • उपभोक्ताको हक हित संरक्षणका लागि आवश्यक व्यवस्था मिलाउन तथा वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धता सम्बन्धी बिषयमा सुपरिवेक्षण तथा अनुगमन गर्नका लागि प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश अनुगमन समिति गठन गर्न सक्नेछ ।

उद्योग दर्ता । नविकरण । ठाउँसारी । नामसारी । पूँजी वृद्धि गर्दा आवश्यक पर्ने कागजातहरु

  1. उद्योग रहने ठाँउ/जग्गाको लालपुर्जाको फोटोकपी । 
  2. चालु आ.व. को तिरो तिरेको रसिद/एकिकृत सम्पती कर नगदी रसिदको प्रतिलिपी नगरपालिकाको हकमा । 
  3. चौतर्फी सधियाराको सहिछाँप भएको वडा सर्जमिन मुचुल्का सक्कल प्रति सहित वडा सिफारिसको । 
  4. नागरिकताको फोटोकपी । 
  5. मेसिन औजारको कोटेशन (विद्युत क्षमता, मुल्य खुलेको) ।
  6. परियोना विवरण (स्किम) ।
  7. जग्गा/घरको मंजुरीनामा/सम्झौतापत्र सक्कल (कि.नं., क्षेत्रफल, मासिक भाडा कम्तीमा तीन वर्षको अवधी राखी नेपाली कागजमा लाईसेन्सवालाबाट लेखाउने)।
  8. रु. १0 को टिकट टाँस गरी उद्योग दर्ताको निवेदन । 
  9. तीन प्रति फोटो सहित फाईल थान-1 ।
  10. सिफारिस आवश्यक पर्ने उद्योगको लागि सम्बन्धित निकायको सिफारीस । 

उद्योगको नविकरणका लागि आवश्यक कागजातहरु 

  1. फर्म दर्ताको सक्कल प्रमाणपत्र । 
  2. रु. 10 को टिकट टाँस गरी तोकिएको ढाँचामा निवेदन । 
  3. करचुक्ताको प्रमाणपत्र/लेखापरीक्षण प्रतिवेदन । 

उद्योगको नामसारीको लागि आवश्यक कागजातहरु 

  1. नामसारी गरी दिनेको राजीनामा पत्र । 
  2. नामसारी गरी लिनेको हस्तलिखित निवेदन । 
  3. करचुक्ताको प्रमाणपत्र
  4. नामसारी गरी लिनेको नागरिकताको फोटोकपी । 
  5. ३ प्रति फोटो । 
  6. घरेलुको दर्ता प्रमाणपत्रको सक्कल प्रति । 

उद्योगको ठाँउसारीको लागि आवश्यक पर्ने कागजातहरु 

  1. उद्योग दर्ताको लागि आवश्यक आधारभूत कागजातहरु ।
  2. अनुमती लिनु पर्ने उद्योगको हकमा ठाँउसारी गर्ने स्थानको स्वीकृती । 
  3. IEE  वा EIA गर्नु पर्ने उद्योगको हकमा IEE  वा EIA स्वीकृती भए पछिमात्र । 
  4. एक जिल्लाबाट अर्को जिल्लामा ठाँउसारी गर्नु परेमा सम्बन्धित जिल्लाले ठाँउसारी भइ जाने (प्रस्तावित जिल्ला) को सिफारिस लिई सम्बन्धित जिल्लाले (दर्ता भइरहेको)     गरिदिने । 

उद्योगको पुँजी बृद्धि गर्दा आवश्यक कागजातहरु 

  1. पुँजी वृद्धी गर्नु पर्ने कारण सहितको रु.10 को टिकट टाँस गरेको निवेदन । 
  2. मेसिन औजारको कोटेशन । 
  3. करचुक्ता प्रमाणपत्र । 
  4. अनुमति लिनु पर्ने उद्योगको हकमा सम्बन्धित निकायबाट अनुमति लिनु पर्ने । 

उद्योगको उद्देश्य थप वा परिवर्तन गर्दा आवश्यक कागजातहरु 

  1. उद्देश्य थप वा परिवर्तन गर्नु पर्ने कारण सहित उद्योगको नाम वा उद्देश्यसँग मेल खाने किसिमको उद्देश्य थप गर्न रु.10 को टिकट टाँस गरेको निवेदन । 
  2. करचुक्ताको प्रमाणपत्र ।
  3. मेसिन औजारको कोटेशन । 

उद्योगको नाम संशोधन गर्दा आवश्यक कागजातहरु 

  1. नाम संशोधन गर्नु पर्ने कारण सहित रु.10 को टिकट टाँस गरी निवेदन । 
  2. करचुक्ता प्रमाणपत्र । 
  3. उद्योगको नाम संशोधनको लागि सम्बन्धित स्थानीय तहको सिफारिस

घरेलु तथा साना उद्योग कार्यालय, नवलपरासी (ब.सु.पू.) को अनुरोध

उत्पादक वर्गमा अनुरोध

१. सम्बन्धित निकायमा दर्ता गरी अनुमति लिएर मात्र कुनै पनि व्यापारिक कारोवारहरु सुरुवात गरौं ।

२. गुणस्तरीय वस्तु तथा सेवाको उत्पादन गर्ने,

३. आफुले उत्पादन गरेको वस्तु त्रुटिपुर्ण उत्पादन भई त्यस्तो वस्तु बजारमा रहेको कुरा जानकारी आएमा त्यस्तो वस्तु संकलन गरी नष्ट गर्ने,

४. वस्तुको लेबल निर्धरण गर्ने,

५. आफुले उत्पादन गर्ने वस्तुको उपयुक्त प्याकेजिङ्ग गरौं ।

६. उत्पादनको प्याकेजिङमा वस्तुको उत्पादकको नाम, उत्पादन मिति, प्रयोग गर्न सकिने अन्तिम मिति, मिश्रण गरिएका पदार्थको तौल सहितको विवरण ‍(Ingredients), अधिकतम खुद्रा मूल्य तथा कानूनले तोकेका अन्य विषयहरु प्रष्ट देखिने गरी लेवलिङ गरौं ।

७. वस्तु वा सेवाको उत्पादनको कारण उभपोक्तालाई कुनै किसिमको क्षति भएमा सोको मनासिब क्षतिपुर्ति दिने ।

८. वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन वा प्रचार प्रसार नगर्ने,

९. कुनै विक्रेताले आफ्नो उत्पादनको प्रयोग गर्न सकिने म्याद भित्र विक्री गर्ने नसकेका उत्पादनहरु फिर्ता लिई नयाँ उत्पादनले प्रतिस्थापन गर्ने पद्धति बसालौं ।

विक्रेता वर्गमा अनुरोध:

१. सम्बन्धित निकायमा दर्ता गरी अनुमिति लिएर मात्र कुनै पनि व्यापारिक कारोवारहरु सुरुवात गरौं ।

२. कारोवार स्थलमा सबैले देखिने गरी दर्ता प्रमाणपत्र, अनुमति पत्र साइनवोर्ड र मूल्यसूची अनिवार्य रुपमा राखौं ।

३. वस्तुको खरीद बिल सुरक्षित राखौं र बिक्री बिल बिजक अनिवार्य रुफमा जारी गरौं ।

४. म्याद नाघेका र टुटफूट भएका उपभोग्य वस्तुहरु छुट्टै ठाँउ (Expiry Zone) मा राख्ने र समयसमयमा यस्ता वस्तुहरु वितरक वा उत्पादक समक्ष फिर्ता गर्ने पद्धति वसालौं ।

५. उत्पादन मिति, प्रयोग गर्न सकिने अन्तिम मिति, उत्पादक, तौल, मूल्य सम्बन्धमा प्रष्ट रुपमा लेवल भएका वस्तुहरु मात्र विक्री वितरण गरौं ।

६. बिना भेदभाव उपभोक्तालाई वस्तुको विक्रि गरौं ।

७. वस्तुको किसिम वा प्रकृति अनुसार गुणस्तरमा ह्रास नआउने गरी सुरक्षित रुपमा राख्ने र बिक्रि गरौं ।

८. वस्तुमा कुनै किसिमको ग्यारेन्टि वा वारेन्टिको व्यवस्था भए त्यसको पालाना गरौं ।

९. सम्वन्धित निकाय वा पदाधिकारीले मागि गरेका बखत आफुसँग रहेको वस्तुको मौज्दात वा विवरण उपलब्ध गराऔं ।

१०. यस कार्यालयको बजार अनुगमन वा गुनासोको आधारमा हुने अनुगमन/निरीक्षणका बखत माथि उल्लेख भएका विषयहरु पालना नगरी लापरवाहीपूर्ण क्रियाकलाप गरी उपभोक्ता सम्बन्धी कानुन उल्लंघन गरेको पाइएमा प्रचलित कानून कारवाही समेत हुने व्यहोरा सूचित गरिन्छ ।

उपभोक्ता वर्गमा अनुरोध:

१. वस्तुको उत्पादन मिति, म्याद समाप्त मिति हेरेर मात्र प्रयोग गर्ने वानी बसालौं ।

२. खरिद गरेको कुनै वस्तु चित्त नबुझे फिर्ता गर्न पाउने अधिकार छ । त्यसैले वस्तुको खरिद अनिवार्य रुपमा बिल लिऔं ।

३. उपभोक्ता हितसँग सम्वन्धित कुनै विषयको हनन भएमा सम्वन्धित निकायमा उजुरी वा गुनासो गर्ने बानीको विकास गरौं ।

कसैले वस्तु वा सेवाको सम्वन्धमा गर्न नहुने अन्य कामहरु:

१. कच्चा पदार्थको कोटा निर्धारण गर्ने वा कुनै वस्तुको उत्पादन घटाउने वा त्यस्तै अन्य कुनै काम गर्ने,

२. कुनै वस्तु वा सेवा सञ्चित गरी वा अन्य कुनै तरीकाले कृत्रिम अभाव सृजना गर्ने,

३. निर्धारित समय वा स्थानमा मात्र वस्तु वा सेवा विक्रि गर्ने वा त्यस्तै प्रकृतिका अन्य कुनै काम गर्ने,

४. जानीजानी कमसल वस्तुको उत्पादन, बिक्रि वा पैठारी गर्ने,

५. कुनै वस्तु वा सेवालाई अर्को वस्तु वा सेवा हो भनी वा न्यूनस्तरको वस्तु वा सेवालाई उच्चस्तरको वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई विक्रि गर्ने,

६. उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु वा सेवाकआ उत्पादन वा बिक्रि गर्ने,

७. एकै प्रकृतिका विभिन्न वस्तु उत्पादन, पैठारी वा विक्रि गर्न व्यापारी वा व्यापारिक समुहहरु मिली त्यस्तो वस्तुको अभाव सृजना गरी मूल्य तथा आपुर्ति व्यवस्थामा प्रभाव पार्ने,

८. एकै प्रकृतिको कुनै सेवा प्रदान गर्ने एकभन्दा बढी व्यापारी वा व्यापारिक समूहको मिलेमतोबाट चक्र प्रणाली, कोटा प्रणाली, आलोपालो, खेप प्रणाली वा टोकन प्रणाली अपनाई सेव सञ्चालन गर्ने,

९. एउटा वस्तु खरिद गर्दा अर्को वस्तु पनि खरिद गर्नुपर्ने व्यवस्था गर्ने,

नोट: स्वच्छ बजार संयन्त्र विकास गर्न उत्पादक, वितरक तथा उपभोक्ता सबैले आ-आफ्नो कर्तव्यको पालना गरौं। कहिं कतै उपभोक्ता हित विरुद्ध कार्य भए गरेको देखेमा यस कार्यालयमा जानकारी गराउन वा उजुरी दिन सकिने छ ।उजुरीकर्ताको विवरण जरुरी छैन । उजुरीकर्ताको विवरण गोप्य रहने छ । असमर्थता, जानकारी, जिज्ञासा तथा सूचनाको लागि यस कार्यालयको सम्पर्क नं. ०७८-४१८१५१ मा अथवा सूचना अधिकारीको सम्पर्क नं. ९८५७०८८१५२ मा सम्पर्क गर्नुहोला ।